११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा सवारी साधनमा लेखिएको सायरी र गजलहरु हटाइने



२३ असार ०७९, काठमाडौं ।  प्रहरीले सवारी साधनमा लेखिएको सायरी र गजलहरु हटाउने भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानुन विपरित तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ लेखहरूलाई हटाउने अभियान सञ्चालन गरेको हो।

सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान मोडिइ दुर्घटना निम्त्याएको पाइएपछि प्रहरीले हटाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी नायव उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए।

नेपालको कानुन विपरीत महिला, बालबालिका, सिमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाइने भएकाले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अश्लिल र द्विअर्थी लेखहरुले सामाजिक र मानसिक खलल, हिंसा र विकृत्ति बढाएको र सडक सभ्यतामा पनि आँच पुर्‍याएकाले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको हो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  २ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।