११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सुमो काउण्टरमा यात्रुलाई हैरानीः बल्खुबाट १० जना पक्राउ



३१ असार ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित टाटा सुमो काउण्टरमा यात्रुहरुलाई लाग्ने भाडाभन्दा बढी भाडा लिई जबरजस्ती यात्रुहरुलाई तानी बाधा अवरोध गरी अनावश्यक दुःख हैरानी दिएको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्नेहरु सिन्धुलीका ३० वर्षीय हरि बहादुर पाण्डे, उदयपुरका २२ वर्षीय संजय तामाङ, कैलालीका २१ वर्षीय राजु थापा, पर्सा वीरगंजका ३५ वर्षीय राजिव कुमार सिंह, सिन्धुलीका ३० वर्षीय नितिश जंग राणा रहेका छन् ।
यस्तै सर्लाहीका २९ वर्षीय रविन्द्र चौधरी, काठमाडौं महानगरपालिका –१३ बस्ने भारत बिहारका २९ वर्षीय राकेश कुमार श्रीवास्तव, कीर्तिपुर नगरपालिका– २ बस्ने रौतहटका २९ वर्षीय आकाश तामाङ, नागार्जुन नगरपालिका३ बस्ने ईलामका २९ वर्षीय दोर्जे गुरुङ र काठमाडौं दक्षिणकाली बस्ने ४० वर्षीय राम तामाङलाई प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १० : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।