१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


काठमाडौंमा घरबारविहीनहरुको सहारा बनेको सुकुम्बासी बस्ती (तस्विरहरु)



काठमाडौंको जडिबुटी बसेको सुकुम्बासीको नयाँ बस्ती ।

लेन्स : न्युज एजेन्सी अफ नेपाल
३२ असार ०७९, काठमाडौं । राजधानीको वागमती, विष्णुमती, मनहरा र गोदावरी नदि किनारको खाली जमिनमा हजारौं घर टहरा हालेर घरविहीनहरु बस्दै आएका छन् ।
नदि किनारमा रहेका यी बस्तीका व्यथा भने अनेकौ छन् । बर्षा याममा नदि पस्ने त्रास छ । हिउँदामा ढल गन्हाएर यहाँ बसी सक्नु हुँदैन । यहाँका धेरै सडकहरु हिलाम्मे छन् । वरपर वन बुट्यान र झाडी रहेकाले सर्पलगायतको त्रास छ ।

ललितपुरको गोदवारीस्थित नगरमा रहेको बस्ती । यहाँ २ सय ५० भन्दा धेरै सुकुम्बासीको घर टहरा रहेको छ ।

स–साना झुपडी र टहराबाट बर्षैअघि सुरु भएको यहाँको बस्ती आजकल धेरै ठाँउमा पक्की घरमा परिणत भएको देख्न सकिन्छ । कतिपय ठाँउमा महँगो रकम लिएर सटर र कोठा भाडामा लगाउने प्रचलन सुरु भएको छ ।

राजधानीको गैरीगाँउ नजिक रहेको बस्ती र अस्तव्यस्त सडक ।

सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनका लागि आयोग नै बनाएर काम सुरु गरेसँगै धेरै घरविहीनहरु खुशी बनेका छन् । कहीकतै घर नहुने र लामो समयदेखि झुपडीमा बास बस्ने बेसहराहरुका लागि पछिल्लो समय आशाको सञ्चार भएको छ ।

वालाजुनजिक विष्णुमति किनारको बस्ती ।

भक्तपुरको मनहरामा रहेको बस्ती यहाँ झण्डै १ हजार १ सय घर टहरा रहेका छन् ।

काठमाडौंको सिनामंगल वागमती बस्तीछेउ रहेको बस्ती ।

सिनामंगलको वागमती किनारमा रहेको बस्ती ।

सिनामंगलको वागमती कोरिडोरमा रहेको बस्ती ।

काठमाडौंको टेकुस्थित वागमती किनारमा सुकुम्बासी बस्तीमा बनाइएको पक्की घर । यहाँ एउटा सटरको रु.१० हजारदेखि १५ हजारसम्म लिएर भाडा लगाइन्छ ।

काठमाडौंको थालाथली बस्ती ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ११ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।