२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेपालको व्यापार घाटा २३%ले बढ्यो



९ साउन ०७९, काठमाडौं । नेपालको व्यापार घाटा २३ प्रतिशतले बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको व्यापार घाटा २३ प्रतिशतले बढेको छ। गत आवसम्म नेपालको व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २०७७/७८ सम्म व्यापार घाटा १३ खर्ब ९८ अर्ब रुपैयाँमात्रै थियो।

गत आवमा नेपालले १९ खर्ब २० अर्ब रुपैयाँ बढीको सामान आयात गरेको छ। जुन अघिल्लो आवको तुलनामा २४.७२ प्रतिशतले बढी हो। अघिल्लो आवमा नेपालले १५ खर्ब ३९ अर्ब बराबरको सामान आयात गरेको थियो।

गत आवमा सामान निर्यात भने ४१.७४ प्रतिशतले बढेको छ। अघिल्लो आवमा १ खर्ब ४१ अर्ब रुपैयाँ बढीको सामान निर्यात गरेकोमा समीक्षा आवमा २ खर्ब रुपैयाँ बढीको सामान निर्यात गरेको छ।

नेपालको आयात–निर्यात अनुपात ९.६० रहेको छ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  २ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।