२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


तनावग्रस्त बञ्चरेडाँडा, प्रहरीले गर्‍यो ५ राउण्ड हवाईफायर



३१ साउन ०७९, काठमाडौं ।  बञ्चरेडाँँडामा प्रहरीले एक सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो ।

त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । धुनवेशी नगरपालिका १ का अध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले अवरोध गर्न नछोडे थप बल प्रयोग गर्ने भन्दै स्थानीयबासिन्दालाई चेतावनी दिएका छन् ।

प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेपछि केहि अगाडी बढेता पनि डाँडामा रहेका स्थानीयले ढुंगा र गुलेली हानेपछि दोहोर झडप सूरु भएको वडाध्यक्ष तामाङले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ५ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।