
ललितपुर खबर
१३ भदौं ०७९, पाटन । ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा ३ दिनदेखि जारी घरेलु प्रर्दशनीमा प्रचार प्रसारको अभावमा दर्शक नै नआएको भन्दै व्यावसायीहरु असन्तुष्ट बनेका छन् ।
पुल्चोकस्थित महानगरपालिकाको बगैचामा तीजको पुर्वसन्ध्यामा महानगरपालिकाको सहयोगमा र व्यावसायीहरुको छाता संगठन नेपाल घरेलु तथा साना उद्योगको ललितपुर महानगरको आयोजनामा गतशुक्रबारबाट सुरु भएको मेला आइतबार सकिएको हो ।
प्रचारप्रसारको अभावमा तारो मस्यौरा उद्योग धर्मस्थलीबाट स्टल राख्न आएका विष्णु गौत्तमले आफूले सोचेजस्तो व्यापार नभएको र घरेलु सरसामान किनबेच गर्ने व्यावसायीहरुको पनि उल्येख्य सहभागिता नभएको बताउछन् ।
उनका अनुसार आफूले व्यावसाय विस्तारका लागि प्रर्दशनीमा आएको भए पनि हेर्न आउने दर्शक, होलसेलरहरु नआएपछि निराश बनेको उनी बताउछन् ।
मेलामा स्टल राख्ने व्यावसायीले प्रचार प्रसार नहुँदा यो अवस्था आएको बताए । यही प्रर्दशनी ३ दिनदेखि भइरहे पनि महानगरका कर्मचारी नै आफूले प्रर्दशनी भइरहेको माइक बजेको सुनेर थाहा पाएको भन्दै मेलामा आइपुगेका थिए ।
एक स्टलका व्यावसायीले सञ्चारमाध्यमहरुमार्फत प्रचार प्रसार हुनु पर्नेमा आयोजकहरुले प्रचार गर्न नसकेको भन्दै असन्तुटि व्यक्त गरे ।
मेलामा २७ वटा स्टल छन् । धेरैजस्तो स्टल अचार उद्योग,खाद्यान्न र कपडा पसलहरु सहभागी हुन आएका छन् ।

मेला स्थल फोहोर रहेको एक प्रर्दशनीमा सहभागीले बताए । उनले भने, चारैतिर फोहोर छ । बीचमा रहेको पोखरी पनि माटोले भरिएको छ । पानीका ट्रम र फाइप यत्रतत्र छरिएको छ । बगैचाका फुल मरेका छन् ।
उनले मेलामा हेर्नलायक कुनै आर्कषक कुरा नभएको बताए । मेलामा कपडा बुन्ने चर्खा मात्रै छ । अवलोकन कर्ता अल्मल्याउने र मनोरञ्जनात्मक विविध कुराहरु राख्दा मेलाको आर्कषण बढ्छ , अनिमात्रै दर्शकहरु आउँछन् । ‘मंगलबजारको जस्तै पसल थाप्ने भए किन प्रर्दशनीमा आउन’ उनले भने । नेपाल घरेलु तथा साना उद्योगको ललितपुर महानगर समितीका अध्यक्ष शैलेन्द्र श्रेष्ठले डेगु रोगका कारण केही स्टल राख्न नआएको बताए । त्यसैले धेरै स्टल भएनन ।
उनले ललितपुर महानगर समितीका अध्यक्ष शैलेन्द्र श्रेष्ठले हरेक शुक्रबार र शनिबार नियमित प्रर्दशनी गरिने बताए ।
महानगरले तालिम दिएर प्रवर्धन गरिरहेका ४ वटा व्यावसायीलाई निःशुल्क स्थल उपलव्ध गराउने र अन्यलाई ३ दिनको ५ हजार शुल्क लाग्ने उनले बताए ।
असार ३ ४ र ५ गते यही ठाँउमा मेला आयोजना गरिएको थियो त्यसबेला मनसुनका कारण स्थगित गरिएकोमा भदौंको १०देखि १२ गतेसम्म पुनः प्रर्दशनी गरिएको हो ।







प्रतिक्रिया