४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


चापागाँउमा गोदावरी तरकारी तथा फलफुल संघ विधिवत दर्ता




हिमरत्न तिमल्सिना
२२ भदौं ०७९, चापागाँउ । ललितपुरको चापागाउंमा पहिलो र नमुनाका रुपमा किसानको हकहितका लागि गोदावरी तरकारी तथा फलफूल व्यवसायी संघ विधिवत रुपमा स्थापना भएको छ ।
संघका अध्यक्ष खोम प्रसाद दहालले जिल्ला प्रशासन कार्यालय र गोदावरी नगरपालिकाको कार्यालयमा भर्खरै संघ दर्ता गरिएको हो । यो दक्षिण ललितपुरमै पहिलो र नमुनाको संघको रुपमा संघ दर्ता गरिएको बताए ।
९ जनाको कार्यसमिती रहेको सघको उपाध्यक्ष केशव बजगाई छन् । सचिवमा कृष्ण घिमिरे, कोषध्यक्ष रोसन घिमिरे रहेका छन् । सविना जोशी, सन्तोषी तिमल्सिना, ज्योती तिम्िल्सना गंगाराम घिसिङलगायत छन् । अन्य व्यावसायीहरुलाई समेत समेटेर संघलाई विस्तृत बनाउने र दक्षिण ललितपुरको फलफुल तथा तरकारी व्यावसायलाई सदृढ बनाउने लक्ष्य राखेको उनले बताए ।
किसानले उत्पादन गरेका वस्तुको उचित मूल्य नपाउनुले कृषि पेशाबाटै विमुख हुनुपर्ने अहिलेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै व्यवसायीक संघ दर्ता गरिएको उनले बताए । किसानले उत्पादन गरेका वस्तुको बजारीकरण र उत्पादित वस्तु बजारसम्म ल्याउने माध्यम नहुदा किसान सहरमुखी हुनु परेको र कृषि पेशा छाडेर अन्य पेशामा लाग्नु पर्ने अवस्थामा परिवर्तन ल्याउन नयाँ प्रयास गरेको उनको भनाई छ ।
किसानलाइ मल र बीउ उपलब्ध गराएर गाउँ फर्कने वातावरण निर्माण गर्न स्थानीय सरकारले समन्वयकारी भूमिका खेल्नुपनैमा त्यो हुन सकेको छैन। किसानले उत्पादन गरेका वस्तुहरुलाई सरकारले उचित मूल्यमा किनिदिए मात्रै किसान यो पेशामा टिक्न सक्छ ।
कृषि उत्पादनले किसानको घर परिवार थेग्न नसकेपछि धेरै किसान सहर केन्द्रित हुनु परेको छ । किसानले उत्पादन गरेका वस्तुको बजारीकरण हुन नसकेको समयमा मल र बीउ पाउन सकेका छैनन । उनका अनुसार संघले चापागाउ टाहाखेलमा स्टल व्यवस्थापन गर्ने योजना बनाएको छ ।
दक्षिण ललितपुरका तीन वटै गाउँ पालिकामा एक एक वटा स्टल राखिनेछ । गरी तीनवटा स्टल किसानमुखी बनाउने किसानले उत्पादन गरेका वस्तु किसानले नै विक्रिवितरण गर्ने वातावरण निर्माण गर्ने किसानले विक्रि गर्न नसकेका वस्तु व्यवसायी संघले उचित मूल्यमा खरिद गर्ने र विक्रिवितरण गर्ने ललितपुरका तीनवटा गाउँ पालिका र गोदावरी नगरपालिकालाई कार्यक्षेत्र बनाउने उनले प्रष्ट पारे ।

 

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ११ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।