२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सल्यानको कुमाखमा जिप दुर्घटना, दुई जनाको मृत्यु



१५ असोज ०७९, काठमाडौं । सल्यान जिल्लाको कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको छ । उक्त जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उकालोमा ब्याक गर्ने क्रममा दुर्घटना हुँदा जिप सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते भएकाहरूको उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याइँदै गरेको र घाइते कति छन् भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।