१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


फुलचोकी जंगलमा हराएका चार विद्यार्थी ११ घण्टापछि फेला



२७  कात्तिक ०७९, काठमाडौं ।  शनिबार दिउँसोदेखि ललितपुरको फुलचोकी जंगलमा हराएका चार विद्यार्थी फेला परेका छन्। राष्ट्रिय निर्माण मावि मूलपानी काठमाडौंका कक्षा ११ र १२ का १२५ जना विद्यार्थी र ९ जना शिक्षक शनिबार फुलचोकी घुम्न गएका थिए।

बिहान ७ बजे गएका उनीहरु दिउँसो २ बजे फर्किने बेलामा चार जना विद्यार्थी सम्पर्कमा आएनन्। विद्यार्थी फेला नपरेपछि विद्यालयले साँझ ७ बजे प्रहरीलाई खबर गरेको थियो। प्रहरी निरीक्षक दीपक केसीको कमाण्डमा खटिएको २० जना प्रहरीको टोलीले राति १ बजे उजीहरुलाई फेला पारेको ललितपुर प्रहरीले जानकारी दिएको छ। उनीहरु छोटो बाटो हिँड्न खोज्दा जंगलमा हराएका थिए। दिनभरी शिक्षक र विद्यार्थीले खोजतलास गर्दा पनि फेला नपारेपछि प्रहरीलाई खबर गरेका थिए।

हराउनेमा खोटाङको बुईपाका नारायणकुमार भट्टराई, अर्घाखाँचीका अशोक विक, दोलखाका अर्जुन विक र मकवानपुरको हेटौडाका रमेश विष्ट रहेका छन्।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ७ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।