२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोरङको बुढीगंगा मतदान स्थलमा विस्फोट, मतदान स्थगित



४ मंसिर ०७९, काठमाडौं ।  मोरङको बुढीगंगामा मतदान केन्द्रमा विस्फोट भएपछि मतदान स्थगित भएको छ । बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा विस्फोटपछि सो केन्द्रमा मतदान स्थगित भएको हो ।

मतदान स्थलमा लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै  विस्फोटपछि मतदादाताको भागदौड  मच्चिएका थियो । भागदौडपछि सो केन्द्रको मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । मतदान फेरि सुरु गर्न आवश्यक तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १२ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।