२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आयल निगमले घटायाे इन्धनको मूल्य



१ पुस ०७९, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल/डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३ / ३ रुपैयाँ घटाएको हो।

घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल / मटितेल १७५ पर्नेछ। यसअघि पेट्रोल लिटरको १८१ र डिजेल मटितेल १७८ रुपैयाँ थियो।

हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी  दिए। भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा मूल्य घटेको हो।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ९ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।