४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


४० गाडीको प्रदूषण जाँच गर्दा २२ वटा ‘फेल’



६ पुस ०७९, काठमाडौं । काठमाडौंमा बुधबार गरिएको विशेष चेकिङका क्रममा अत्यधिक धुवाँ फाल्ने २२ वटा सार्वजनिक सवारी साधन कारबाहीमा परेका छन् । चेकिङका क्रममा आधाभन्दा बढी सवारीहरु प्रदूषण मापदण्ड पुरा नगरी चलिरहेको भेटिएको छ ।

अत्यधिक धुवाँ फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे गरी २२ वटा सवारी साधन कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रबक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।