
१० पुस ०७९, काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएकोे छ । क्रिसमस डेका अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो ।
हरेक वर्ष २५ डिसेम्बरका दिन क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् ।
क्रिसमसको अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत विभिन्न कार्यक्रम हुँदैछ । क्रिसमसमा एक आपसमा शुभकामना तथा उपहार दिने गरिन्छ ।
राजधानीको झम्सिखेल, ठमेल,बौद्ध खुमल्टारलगायतका विभिन्न चर्चमा ख्रिष्टियन धर्मालम्बी भेला हुदैछन् । राजधानीका विभिन्न सपिङ मल क्रिसमसको अवसरमा सझाइएको छ ।







प्रतिक्रिया