१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिको निर्वाचन कार्यतालिका पुस महिनाभित्रै सार्वजनिक गर्ने आयोगको तयारी




१३ पुस ०७९, काठमाडौं । राष्ट्रपतिको निर्वाचन कार्यतालिका पुस महिनाभित्रै सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । आयोगले राष्ट्रपति निर्वाचित भएपछि मात्रै उपराष्ट्रपतिको चयनका लागि प्रकृया सुरु हुने समेत जनाएको छ ।

राष्ट्रपतिको पदावधि पूरा हुनुभन्दा एक महिनाअघि नै चुनावको मिति तोक्नुपर्ने कानुनी व्यवस्था अनुसार मिति तोकेर पुस महिनाभित्र निर्वाचन कार्यक्रम सार्वजनिक गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन हुनुभएको थियो । नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ । त्यसअनुसार फागुन २९ गते भित्रै राष्ट्रपति निर्वाचित भइसक्नुपर्ने हुन्छ ।

सङ्घीय संसद्को सदस्य हुन योग्य भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएका व्यक्ति राष्ट्रपतिका लागि उम्मेदवार हुन योग्य हुनेछन् । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था समेत गरेको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ८ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।