१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


सप्तपाताल पोखरीमा बनेको नमूना मच्छिन्द्र स्कूल भत्काइदै (तस्विरहरु)




लगनखेल ललितपुर
१५ पुस । ललितपुर लगनखेलस्थित सप्तपाताल पोखरीमा निर्माण गरिएको नमूना मच्छिन्द्र स्कूलका भवनहरु भत्काउन सुरु गरिएको छ ।
ललितपुर महानगरले ऐतिहासिक सप्तपाताल पोखरीको पुर्ननिर्माण सुरु गरेसँगै स्कूलका भवनहरु पोखरी पुननिर्माणमा खटिएका मजदुरहरुले भत्काउन सुरु गरेका छन् ।
यहाँ रहेका ट्वाइलेट जस्ताको छानो रहेका अर्को भवन र तीनदिशामा फैलिएको तीनकुने भवन भत्काउन केही दिनदेखि सुरु गरिएको छ ।
२ सय ५ रोपनीभन्दा धेरै जमिन रहेको सप्तपाताद पोखरी, दुई हजार तीन सय वर्ष पुरानो अशोक स्तूप र खाली जमिन रहेको यस ठाँउ २०३४ सालपछि अतिक्रमण गर्न सुरु भएको थियो । पोखरीमा भवन निर्माण थाहा पाएसँगै २०६१ सालमा पोखरी पुर्ननिर्माणको शिलान्याश भएसँगै विद्यालयले मुद्दा हालेको थियो ।
सरकारले २०३४ फागुन १२ गते सो जग्गा विद्यालयलाई दिएको थियो । राजदल गण ब्यारेक, ललितपुर जिल्ला अदालत, मालपोत कार्यालय ललितपुर, जिल्ला पशुसेवा कार्यालय लगायत विभिन्न सरकारी कार्यालय सप्तपाताल पोखरीकै जग्गामा निर्माण गरिएका हुन् । केही समय अघि सवोच्च अदालतले सो जग्गा ऐतिहासिक पोखरीकै कायम गरेपछि भवन भत्काइएको हो ।स्कूल गतवर्ष नजिकैको जग्गामा बहुतले भवन निर्माण गरेर सरेको छ । केही समयअघिसम्म यहाँ विद्यार्थीहरु पढ्थे । विद्यालयका सरसामानहरु नसारेको हँुदा भवन भत्काउने क्रममासमयमा छरपस्ट देखिन्थे ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ११ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।