३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पाटन दरवारमा टिकटक र भिडियो बनाउन निषेध




ललितपुर
१७ पुस । ललितपुर महानगरपालिकाले पाटन दरवार स्क्वायर क्षेत्रभित्र उच्छृङ्खल टिकटक भिडियो बनाउन निषेध गरेको छ ।
महानगरले आजदेखि लागू हुनेगरी विभिन्न प्रतिवन्ध लगाएको हो ।
सो क्षेत्रभित्र सवारी प्रवेशदेखि, टिकटक बनाउने, भिडियो सुटिंग, साईकल स्टण्ड, धुम्रपान तथा मद्यपान गर्नलगायत विभिन्न कार्यक्रमहरु गन प्रतिवन्ध लगाएको हो ।
ऐतिहासिक दरबार क्षेत्रभित्र जथाभावी सवारी प्रवेश, मन्दिर तथा मूर्तिलाई क्षति पुग्ने गरी गरिने विभिन्न क्रियाकलापलाई रोक्न नियम महानगरले यस प्रकारको नियम लागु गर्न खोजेको हो ।
पछिल्लो समय यहाँ चियालगायतका खानेकुरा विक्रि वितरण गर्ने हुँदा सर्वसाधारणको भीड बढेको थियो । दरवार क्षेत्रमा अनावश्यक भीड बढ्दा पर्यटकहरुलाई अवरोध पुगेपछि महानगरले खानेकुराहरु समेत बिक्रि गर्न रोक लगाएको छ ।
यहाँ केही समयदेखि उच्छृङ्खल तरिकाले टिकटक भिडिओ बनाउने, अनुमति बिना फिल्म सुटिङ, विवाहको फोटो सुटिङ गर्ने, भिख माग्ने, धार्मिक महत्वका आकृति तथा चिन्हहरूमा, धार्मिक आस्थामा आँच आउने गरि टेक्ने, चढ्ने क्रम बढेको थियो ।

 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ८ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।