१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


गोदावरी उद्योग वाणिज्य संघको अध्यक्षमा पिताम्बर सञ्जेल सर्वसम्मत निर्वाचित




चापागाँउ
२३ पुस । गोदावरी उद्योग वाणिज्य संघमा उद्यमी पिताम्बर सञ्जेल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार ललितपुरको बज्रवाराहीमा आयोजित दोस्रो वार्षिक साधारणसभाले १३ सदस्यीय कार्यसमिती निर्वाचित गरेको हो ।
कार्यसमितीको उपाध्यक्ष प्रभाकर श्रेष्ठ,उपाध्यक्ष राजन महर्जन ,उपाध्यक्ष पुरुषोत्तम पौडेल ,महासचिव जयराम के.सि,कोषाध्यक्ष अमित आचार्य सदस्यहरु मनोज थापा ,राजेश देशार,विक्रम राना,लक्ष्मी कार्की , श्रीहरि आचार्य ,ज्ञानेन्द्र महर्जन ,शुसिलराज न्यौपाने निर्वाचित भएका छन् ।
संघका अध्यक्ष जगन्नाथ महर्जनको अध्यक्षतामा सम्पन्न साधारणसभाले महासचिव जयराम केसी तथा का वा कोषाध्यक्ष अमित आचार्यद्वारा प्रस्तुत प्रतिवेदन छलफल गरी पारित गरेको छ। पूर्वअर्थ राज्य मन्त्री तथा ललितपुर १ का सांसद माननीय उदय शम्सेर राणाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य मधुसूदन पौडेल ,मीनकृष्ण महर्जन ,गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन ,उद्योग वाणिज्य संघका केन्द्रीय तथा वाग्मतीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । वक्ताहरुले संघको कार्यको प्रशंसा गर्दै अगाडि बढन सहकार्य गर्ने बताएका छन् ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।