३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सन्धिखर्कमा भूकम्प गएपछि ….



भूकम्प सुरक्षा दिवसको अवसरमा ताप्लेजुङको फुङ्लिङ बजारमा मङ्गलबार आयोजित प्रभातफेरीमा सहभागी सुरक्षाकर्मी, , विद्यार्थी, रेडक्रसकर्मीतथा सर्वसाधरण । लेन्स : दिलकुमार लिम्बू/रासस

सन्धिखर्क
४ माघ । दिउँसोको समय मानिस घाम तापेर बसिरहेका थिए । सन्धिखर्कको टुँडिखेलबाट एक्कासि आवाज आयो भूकम्प आयो । भूकम्प आयो बचाउनु होस्, बचाउनु होस् ।
टुँडिखेलमा रहेको घर भूकम्पले गल्र्याम, गुर्लुम्म ढल्यो । नजिकै रहेको भान्सा कोठामा दनदनी आगो लाग्यो । घरमा रहेका मानिस भूकम्प आयो । घर आगो लाग्यो । गुहारगुहार भन्दै बाहिर निस्किए । एकै छिनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम आयो । घरमा लागेको आगोलाई निभायो । भत्किएको घरभित्र रहेका र घरमै च्यापिएका चार जनालाई पुरिएको घरबाट बाहिर निकाल्यो ।
साइरन बजाउँदै त्यसै बखत एम्बुलेन्स आए । च्यापिएको घरबाट निकालिएका घाइतेलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल पठाइयो । सोही समय दमकल पनि आयो । घरमा लागेको आगो निभायो । सुरक्षाकर्मीको टोलीले घरमा च्यापिएका लत्ता कपडा, अन्नपात निकाले । घरमा रहेका सदस्यलाई घर पनि बनाइदिन्छाँै चिन्ता नगर्नु भनेर सहानुभूतिसमेत दिए ।
यो दृश्य सन्धिखर्कको टुँडिखेलमा भूकम्प आउँदा हुन सक्ने अवस्था र क्षतिको विषयमा जिल्ला सुरक्षा समितिले देखाएको कृतिम अभ्यासको हो । भूकम्प आउँदा के कस्ता घटना हुन्छन् । र कसरी उद्धारको प्रक्रिया गर्न सकिन्छ भनेर जिल्ला सुरक्षा समितिको आयोजना र सन्धिखर्क नगरपालिकाको सह आयोजनामा कृतिम अभ्यास गरिको थियो ।

साँच्चिकै भूकम्प आएकोजस्तो देखिने दृश्यमा उपस्थित भएकालाई भूकम्पबाट बच्न सकिने उपायका बारेमा डेमो प्रदर्शन गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।
भूकम्प जतिनै बेला पनि आउन सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट कृतिम अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए ।

 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ६ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।