११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भैँसेपाटीमा न्यानो बनाउन आगो बाल्दा नम्रता राईको जलेर मृत्यु



प्रतिकात्मक तस्बिर

ललितपुर, ८ माघ । ललितपुर महानगरपालिका २५ भैँसेपाटी फूलबारी मार्ग बस्दै आएकी धनकुटाकी ३९ वर्षीया नम्रता राईले जस्ताले छाएको टहरा न्यानो पार्न शनिबार राति आगो बाल्दा निधन भएको छ ।
टहरासँगै दन्किएको आगोमा जलेर उनको निधन भएको हो ।  जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार व्यापार गर्ने उद्देश्यले उनले केही दिनअघि मात्रै स्थानीय दुर्गा श्रेष्ठसँग जग्गा भाडामा लिएकी थिइन् । उनी त्यहाँ तीन दिनअघिबाट बस्न सुरु गरेकी थिइन् । चिसो बढेपछि उनले शनिबार बेलुका आगो बालिन् । आगो सल्किएर टहराभित्र फैलियो । तर, निसास्सिएकी उनी बाहिर आउन सकिनन् । उनको निधन भयो ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ३ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।