
काठमाडौं
१९ माघ । बागमती प्रदेश सरकारले दुग्ध व्यवसायमा लागेका किसानलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान दिने भएको छ । कृषि तथा पशुपछी विकास मन्त्रालयले अनुदान दिन रु ३० करोड बजेट विनियोजन गरेको छ ।
गत वर्ष किसानले प्रतिलिटर एक रुपैयाँ ६४ पैसा अनुदान दिएकोमा यस बर्ष बढाएर रु ५ दिने बताइएको छ ।
निर्देशनाले गत आर्थिक वर्षमा दुई सय ६० दुग्ध उत्पादक सहकारीमार्फत प्रदेशभरिका दुग्ध किसानलाई रु १६ करोड अनुदान वितरण भएको थियो ।
विनियोजित सो रकम दुग्ध उत्पादक सहकारी संस्थालाई दिने र सहकारीले दुग्ध किसानलाई वितरण गर्ने जनाइएको छ । मासिक एक हजार पाँच सय लिटर दूध सङ्कलन गर्ने र वार्षिक कम्तीमा २ सय दिन दूधको कारोबार गर्ने दुग्ध उत्पादक सहकारीलाई दिने बागमती प्रदेशको पशुपक्षी विकास निर्देशनालयले जनाएको छ ।
सो अनुदानअन्तर्गत दुग्ध सहकारीमार्फत दुग्ध बिक्री गर्ने किसानलाई एक लिटरमा रु पाँच अनुदान दिइने छ । यसका लागि दुग्ध उत्पादन कृषि सहकारी संस्थाबाट आवेदन सङ्कलन गरी अध्ययन भइरहेको पशुपक्षी तथा मत्स्यविकास निर्देशनालय हेटाँैडाका निर्देशक डा व्रजकिशोर ठाकुरले जानकारी दिएका छन् ।
निर्देशनालयले अनुदान कार्यक्रमका लागि सहभागी हुनका लागि सूचना प्रकाशित समेत गरेको छ । उनले तीन जिल्लाको आवेदन प्राप्त हुन बाँकी रहेको र यसकोसमेत अध्ययन गरेर आगामी फागुन मसान्तभित्रमा सबै सहकारीलाई अनुदान रकम प्रदान गर्ने जानकारी दिएका छन् ।
२०७६ सालदेखि किसानलाई दूधमा नगद अनुदान दिँदै आएको सो निर्देशनालयले जनाएको छ ।
१९ माघ २०७९, बिहिबार
0
Shares








प्रतिक्रिया