२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


गुण एयरका सबै उडान बन्द गर्न प्राधिकरणको निर्देशन



काठमाडौं, ८ फागुन । नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई सम्पूर्ण उडान बन्द गर्न निर्देशन दिएको छ।
पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन दिएको हो।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउन्डेड गर्न सोमबार नै पत्र पठाएको छ।
गुणका उडान गत बुधबारदेखि नै बन्द छन्। यसअघि गुणले जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै र पाइलट तालिममा रहेकाले उडान बन्द रहेको बताएको थियो। यद्यपी हिजो (आइतबार) देखि नियमित उडान गर्ने कम्पनीको भनाइ थियो।

तर उडान बन्द भएपछि अनुसन्धान गर्दा तलब नदिएको पाइएको प्राधिकरणले जनाएको छ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १० : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।