
ललितपुर, २० फागुन । जुवा खेल्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–१४ थसिखेलस्थित इश्वरी खड्काको घरमा शुक्रबार साँझ जुवा–तास खेलेको आरोपमा १२ जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। जुवा–तास खेलिरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगदसहित पक्राउ गरेको हो । उनीहरूबाट एक लाख ६० हजार १५ रुपैयाँ बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया