५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थसिखेलबाट १२ जुवाडे पक्राउ



स्केज : श्याम फुयाँल\ललितपुर खबर

ललितपुर, २० फागुन । जुवा खेल्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–१४ थसिखेलस्थित इश्वरी खड्काको घरमा शुक्रबार साँझ जुवा–तास खेलेको आरोपमा १२ जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। जुवा–तास खेलिरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगदसहित पक्राउ गरेको हो । उनीहरूबाट एक लाख ६० हजार १५ रुपैयाँ बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १० : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।