२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपत्यकाका ६८ ठाउँमा ट्राफिक चेक पोइन्ट, नियम उल्लंघन गर्नेलाई कारबाही



काठमाडौं, २२ फागुन । होली पर्वलाई मध्यनजर गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न ६८ ठाउँमा चेक पोइन्ट राखिएको छ । त्यस्तै विभिन्न १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती समेत गरिएको छ ।

होली पर्वलाई दुर्घटना रहित सुरक्षित र मर्यादित बनाउने उद्देश्यले काठमाण्डौ उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा चेक पोइन्ट राख्न लागिएको हो । जाँडरक्सी खाएर गाडी चलाउने, तीव्र गतिमा गाडी चलाउनेलाई कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ।

त्यस्तै गाडीको प्रयोग गरी रङ्ग, लोला हान्ने, अभद्र व्यवहार गर्ने, लागुपदार्थ खाएर गाडी चलाउने, लापरबाहीका साथ गाडी चलाउने लगायत विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कडाइ गरी पक्राउ गरिने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ४ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।