१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


महानगरका मेयर बालेन र एमाले नेता बस्नेतबीच भेटवार्ता, विकाशमा सहकार्य गर्ने सहमती



काठमाडौं
२४ फागुन । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहबीच भेटवार्ता भएको छ ।
आज भक्तपुरको गुण्डुस्थित नेता बस्नेत निवासमा भएको भेटवार्तामा महानगरप्रमुख बालेनले वर्तमान राष्ट्रिय राजनीतिदेखि विकासका विभिन्न १५ वटा विषयमा छलफल गर्दै यहाँको नमूना विकासका अवलोकनसमेत गरेका छन् । नेता बस्नेत र महानगर प्रमुख बालेनबीच काठमाडौँ र भक्तपुरको विकासमा सहकार्य गर्नुका साथै विकासमा देखिएको समस्या समाधानमा दुवैले सहयोग गर्ने सहमति बनेको छ ।
नेता बस्नेतले भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा नदीको बहाव परिवर्तन भई भक्तपुरतर्फ नदी बगिरहेको अवस्थामा प्रशासनको सहकार्यमा समस्या समाधान गरी मनोहरा करिडोर निर्माण गरेको उल्लेख गर्दै यहाँका १५ घर सुकुम्वासीलाई क्षतिपूर्ति दिन नपाएकाले करिडोर निर्माण पूरा हुन नसकेको बताए ।
स्मार्ट सिटी, भक्तपुरमा सुविधासम्पन्न ठूलो अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न काठमाडौँ महानगरपालिका र सूर्यविनायक नगरपालिकालाई आर्थिक तथा भौतिकरूपमा सम्पन्न गराउन सहकार्यका गर्न नेता बस्नेतले राखेको प्रस्तावमा बालेनले त्यस्ता कार्यमा सहकार्य गर्दै जाने बताएका थिए ।
प्रमुख शाहले सूर्यविनायक धुलिखेल छ लेन सडकको स्तरोन्नति चाँडो सम्पन्न गराउन पाए काठमाडौँ उपत्यकामा यातायात आवातजावतमा सहजता हुने धारणा राखे । नेता बस्नेतले राज्यको शून्य लगानीमा सूर्यविनायक धुलिखेल सडकको सर्भिस ट्र्याक निर्माण गराउन सफल भएको भन्दै सडक निर्माण छिटो सम्पन्न हुनेमा विश्वास रहेको बताए ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ३ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।