६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरका शिक्षा अधिकृत शेषकान्त पौडेल घुससहित पक्राउ



ललितपुर, २५ फागुन । ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेल घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पौडेललाई एक लाख घुससहित पक्राउ गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
उनले शिक्षक सरूवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी अख्तियारमा परेको थियो।
उक्त उजुरीपछि खटिएको टोलीले बिहीबार उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिएको प्रवक्ता थपलियाले बताए।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ११ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।