२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु तीन गम्भीर


१६ आश्विन २०७६, बिहिबार  

0
Shares

१६ असोज ०७६, ललितपुर। नुवाकोटको बेलकोटगढी नगरपालिका–८ सिमखेतमा आज वटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाकइलमा सवार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ का गम्बो छिरिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । बा२ख ५९३६ नं को मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका २८ वर्षका तामाङलाई जिल्ला अस्पताल त्रिशूली लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ का उत्तम तामाङ तथा उतरगया गाउँपालिका–१ का देव तामाङ र चन्दा तामाङलाई उपचारका लागी ट्रमा सेन्टर काठमाडौ पठाइएको छ । प्रहरीको अनुसार उनीहरु चढेको बा६३प ४३४ नंम्बर र ग७प ८१३८ नम्बरको मोटरसाइकललाई मिनीट्रकले गल्छी–देवीघाट सडक खण्डको सिमखेत स्थित घुम्तीमा ठक्कर दिएको हो ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहिबार  १० : ०७ बजे