४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बिहे गरेर इंगल्याण्ड लैजान्छु भन्दै ठगी गरेको आरोपमा ललितपुरकी अञ्जली विसुंखे पक्राउ



ललितपुर, २९ फागुन । अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ कि ३६ वर्षकी अञ्जली विसुंखे रहेकी छन् । उनले सामाजिक सञ्जाल टिकटकबाट एक युवतीलाई फ्रेण्ड रिक्वेस्ट पठाई आफू इंगल्याण्डको नागरिक फ्र्यांकलिन पाउल रहेको र श्रीमतीको मृत्यु भइसकेकाले नेपाल आई विवाह गरेर इंगल्याण्ड लैजाने प्रलोभन देखाएर ठगी गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
बिसुंखेले पीडितलाई ह्वाट्सएप च्याटबाट तिम्रो नाममा जुत्ता, ब्याग, आईफोन, सुनका गहनाहरु ७० हजार अमेरिकी डलरको लगेज पठाएको छु भन्दै कुरियरले सम्पर्क गर्छ भनेर झुक्याएको पनि प्रहरीले जनाएको छ । उनले पीडितसँग पार्सलको डेलिभरी चार्ज, भन्सार शुल्क, बीमा शुल्क आदि शीर्षकको रकम भन्दै १५ लाख २० हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको एसपी राठौरले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।