२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


२२ खसीबोका र तीनवटा राँगा अस्वस्थ भेटिए


१७ आश्विन २०७६, शुक्रबार  

0
Shares

१७ असोज ०७६ काठकाण्डौं । दसैंको लागि उपत्यका भित्रिएका २२ खसीबोका र तीनवटा राँगा अस्वस्थ भेटिएका छन् । कृषि मन्त्रालयले दिएको जानकारी अनुसार कलंकी ल्याइएका २२ खसीबोका र चाल्नाखेल ल्याइएका तीनवटा राँगा अस्वस्थ भेटिएका हुन् ।

मन्त्रालयका अनुसार १३ गते उपत्यका भित्रिएका दुई हजार पाँच सय ४१ खसी बोकामध्ये सातवटा अस्वस्थ भेटिएका हुन् । त्यस्तै, १४ गते भित्रिएका तीन हजार ५ सय ४४ खसीबोकामध्ये कलंकीमा तीनवटा खसीबोका र चाल्नाखेलमा एउटा राँगो अस्वस्थ पाइएको थियो । १५ गते कलंकीमै १७ वटा र १६ गते दुई वटा खसीबोका अस्वस्थ भेटिएका हन् । त्यसैगरी १५ गते चाल्नाखेलमै दुईवटा राँगा अस्वस्थ भेटिएका थिए । मन्त्रालयका अनुसार १३ गतेदेखि १६ गते सम्म चार दिनको अवधिमा उपत्यका भित्रिएका १७ हजार तीन सय ५९ खसीबोका, एक हजार नौ सय ९९ च्याङ्ग्रा, एक सय ४६ भेडा, पाँच सय २० राँगा र एक हजार आठ सय ३४ कुखुरा, दुई सय ९० किलो माछा दसैंको लागि स्वास्थ्य परीक्षणसहित उपत्यका भित्रिएका छन् ।

उपत्यका भित्रका बालाजु, लोकन्थली, टुकुचा, कलंकी, सल्लाघारी, चोभार, चाल्नाखेल लगायतका ठाउँमा मासुका लागि चौपाया बिक्री वितरणको लागि राखिएको छ ।।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ८ : १९ बजे