१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सञ्चारकर्मी राज लुईटेललाई संगीत पत्रकारिता सम्मान



काठमाडौं, ५ चैत । सञ्चारकर्मी राजेन्द्र लुईटेल सम्मानित भएका छन् । पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा काठमाडौंमा सम्पन्न राष्ट्रिय समावेशी अवार्डको विशेष समारोहमा उनलाई सम्मान गरिएको हो । लुईटेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, विशिष्ट अभिनेत्री वसुन्धारा भुषाल, वरिष्ठ पत्रकार शान्ति प्रियले सम्मान गरेका थिए ।

लामो समयदेखि संचार क्षेत्रमा आवद्ध रहेर गीत संगीत क्षेत्रमा पुर्‍याएको योगदान वापत संगीत पत्रकारिता सम्मानबाट सम्मानित गरिएको आयोजक समितिले जनाएको छ । लुईटेल हालै मुम्बईमा समेत दादा साहेव फाल्के टेलिभिजन अवार्डबाट सम्मानित भएका थिए ।

छापा पत्रकारिता मार्फत संचारमाध्यममा आवद्ध भएका लुईटेल हाल राष्ट्रखबर डटकम, राष्ट्रखबर पत्रिका, तथ्यखबर, राष्ट्रपत्र, ग्यालेक्सिदैनिक,पेजेन्ट नेपाल लगायत संचारमाध्यमका प्रमुख हुन् । कार्यक्रम व्यबस्थापन संघ नेपालका उपाध्यक्ष समेत रहेका लुईटेलले गिनिज वल्र्ड रेकर्डस,अमेरिका वल्र्ड रेकर्डस अफ बुक, युरोपियन वल्र्ड रेकर्डस, ब्रिटिश वल्र्ड रेकर्डस अफ बुक, भारतमा समेत डा. एपिजे अव्दुल कलाम सेवा सम्मान,इन्टरनेशनल युथ आइकन अवार्ड भारत, महात्मा गान्धी ईन्टरनेशनल अवार्ड भारत, ईन्टरनेशनल पिस अवार्ड,भारत,ईण्डो नेपाल जर्नालीज्म अवार्ड लगायत विश्व चर्चित संघ संस्थाबाट सम्मानित भइ्सकेका छन् ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।