२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


५ डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले प्रहरीका ५ जना डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिसलाई  सदर गरेको हो।

गृह सचिव नेतृत्वको बढुवा समितिले फागुन २६ मा पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

सिफारिसअनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।