२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘क्षयरोगमुक्त काभ्रेपलाञ्चोक’ अभियान शुरु



काभ्रेपलाञ्चोकः ‘क्षयरोगमुक्त काभ्रेपलाञ्चोक’ निर्माणका लागि जिल्लास्तरीय अभियान शुरु गरिएको छ । त्यसका लागि जिल्ला समन्वय सामितिका प्रमुख दीपककुमार गौतमको अध्यक्षतामा समिति गठन गरिएको छ ।

समितिमा स्वास्थ्य कार्यालयका प्रमुख पुरुषोत्तम सेढाईँ सदस्यसचिव तथा सरोकारवाला निकायका प्रतिनिधि सदस्य रहेका छन् । क्षयरोगमुक्त मुलुक निर्माणका लागि यसअघि नै शुरु भएको दीर्घकालीन सोच लक्ष्य रणनीति निर्माण गरी आव २०९१÷९२ मा क्षयरोग अन्त्य र २१०६-७ सम्म क्षयरोग निवारण गर्ने उद्देश्यका साथ शुरु भएको कार्यक्रम जिल्लामा पनि लागू हुन लागेको हो ।

जिल्लामा रहेका १३ वटै स्थानीय निकाय र सम्बन्धित सरोकारवाला साथै विद्यालय तथा समुदायसँगको सहकार्यमा काभ्रेपलाञ्चोकलाई क्षयरोगमुक्त जिल्ला निर्माण गर्ने समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख गौतमले बताए । क्षयरोगमुक्त जिल्ला निर्माणसँगै अभियानमै जिल्लामा क्षयरोगसँग सम्बन्धित सचेतनामूलक कार्यक्रम गरी क्षयरोग लाग्नै नदिने प्रयासमा रहेको अठोटसमेत गौतमले गरे ।

जिल्लामा चालु आवको फागुन मसान्तसम्म एक सय ७२ क्षयरोगका बिरामी पत्ता लागेको स्वास्थ्य कार्यालयका प्रमुख सेढाईन्ले बताए । ‘स्क्रिनिङ’ गरिएका बिरामीले बीचमै औषधि छाड्ने प्रवृत्ति रहेकाले अन्य व्यक्तिलाई सर्न सक्ने जटिलता थपिएका सेढाईँले प्रस्ट पारे ।

 

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ११ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।