१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा सांस्कृतिक महोत्सव हुने



 

११ चैत्र । भक्तपुरमा ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ को आयोजना हुने भएको छ । नयाँ वर्ष विसं २०८० एवं बिस्केट जात्राको अवसरमा महोत्सव आयोजना हुन लागेको हो ।

औद्योगिक शान्ति नेपाल संस्थाले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवका संयोजक एवं जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापाले यही चैत २३ देखि वैशाख ३ सम्म महोत्सवको आयोजना हुने भएको जानकारी दिएका छन् ।

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्याण्डकोे आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा महोत्सव हुन लागेको हो । महोत्सवमा दुई सय कक्ष रहनेछन् ।

“विगतका वर्षमा झै यसवर्ष पनि भक्तपुर, काभ्रे, ललितपुर र काठमाडौँबासीलाई लक्षित गरी घरायसी सम्पूर्ण सामान एकै ठाउँबाट सस्तो र सुलभरुपमा उपलब्ध गराउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेका हौँ”, उनले भने ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा आयोजना हुने महोत्सवमा मानवीय जीवनमा दैनिक उपभोग हुने खाद्यान्न, विभिन्न ब्राण्डका लत्ताकपडा, कृषि तथा हस्तकला, भाँडाकुडा, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, अटोमोबाइल, विभिन्न ब्राण्डका मोबाइल, सवारी साधन, खेलौना, सौन्दर्य, राष्ट्रिय तथा स्थानीय खानालगायतका कक्ष रहनेछन् ।

औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले महोत्सवमा विभिन्न सामग्रीमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताए । महोत्सवमा करिब पाँच लाखले अवलोकन गर्ने तथा करिब रु १० देखि १२ करोडको कारोबार हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

दैनिक साङ्गीतिक प्रस्तुती तथा बाल उद्यान

महोत्सवमा बालबालिकालाई लक्षित गरी बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, विभिन्न खेल देखाइनुका साथै विभिन्न कलाकारको प्रस्तुतीसमेत रहनेछ ।

महोत्सवमा भक्तपुरका मौलिक उत्पादन, काष्टकला, माटोको भाडा, पर्यटन प्रवर्दन गर्ने कक्ष निःशुल्क राखिनेछ । वैशाख ४ गते भने विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने संयोजक थापाको भनाइ छ ।

 

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ३ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।