२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पाण्डुबजारबाट चोरीको स्कुटरसहित ३ जना पक्राउ



भक्तपुर, २१ चैत ।  चोरीको स्कुटरसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका ७ घर भइ हाल भक्तपुरको सुर्यविनायक बस्ने १९ वर्षीय संजिव लामा, काभ्रेपलाञ्चोककै तिमाल गाउँपालिका ७ घर भइ हाल भक्तपुरको सुर्यविनायक बस्ने २३ वर्षीय नुर्भु लामा र काभ्रेपलाञ्चोकको पाँचखाल घर भइ हाल भक्तपुरको सुडाल बस्ने २३ वर्षका कृष्ण तामाङ रहेका छन् ।

उनीहरुलाई भक्तपुरको सूर्यविनायक नगरपालिका ६ पाण्डुबजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत पुस १७ गते काठमाडौंको रातोपुलबाट हराएको बा ५४ प ९३ ३९ नम्बरको स्कुटर संजिवले भक्तपुरको सुर्यविनायक नगरपालिका ६ पाण्डुबजार सडकखण्डमा वास्तविक नम्बरमै चलाइरहेको पाइएपछि संजिवलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । सोधपुछको क्रममा उनले अन्य दुई जनाको संलग्नता रहेको बताएका थिए । त्यसपछि नुर्भु र कृष्णलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उनीहरुलाई मंगलबार प्रहरी वृत्त गौशाला पठाइएको छ ।

काठमाडौंको रातोपुलबाट स्कुटर हराएपछि उदयपुरको चौदण्डीगढी नगरपालिका १० घर भइ हाल काठमाडौंको बानेश्वर बस्ने धनबहादुर राउतले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  १२ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।