५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बानेश्वरमा फेरि आत्मदाहको प्रयास



काठमाडौं, २४ चैत । नयाँ बानेश्वरमा फेरि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका ती व्यक्तिलाई प्रहरीले उद्दार गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आत्मदाहको प्रयास गर्नेमा ५३ वर्षका विवाहित पुरुष रहेका छन्। उद्दार गरेर अहिले उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ।

आत्मदाहको प्रयास गर्नुमा पारिवारिक कारण रहेको देखिएको प्रहरीले जनाएको छ। यसअघि पनि बानेश्वरमै शरीरमा पेट्रोल छर्किएर आगो लगाएर प्रेमप्रसाद आचार्यले आत्मदाह प्रयास गरेका थिए। उनको उपचारका क्रममा मृत्यु भएको थियो।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १२ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।