२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सरकारसँग वार्ता गर्न मिटरब्याज पीडितद्वारा समिति गठन



काठमाडौं, २६ चैत । सरकारसँग वार्ता गर्न काठमाडौंमा आन्दोलन गरिरहेका मिटरब्याज पीडितले समिति गठन गरेका छन्। वार्ताका लागि उनीहरुले आइतबार १९ सदस्यीय वार्ता समिति गठन गरेको किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले जानकारी दिए।

उनले गृहमन्त्रीसँग सम्वाद गर्न खोजिरहेकाले आजै वार्ता हुने सम्भावना रहेको बताए। २० चैतदेखि काठमाडौंमा आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग वार्ता गर्न गृहमन्त्रालयले शुक्रबार मात्र पाँचसदस्यीय समिति गठन गरेको थियो।

गृहमन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजक रहेको समितिमा गृहकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली छन्।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।