५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जिल्ला अदालत ललितपुरद्वारा बलात्कार अभियोगमा व्यापारी सुशील चटौतलाई दोषी ठहर



ललितपुर, २७ चैत । जिल्ला अदालत ललितपुरले आफ्नै घरमा काम गर्ने १४ वर्षीया नाबालिगमाथिको बलात्कार अभियोगमा व्यापारी सुशील चटौतलाई दोषी ठहर गरेको छ।
जिल्ला न्यायाधीश सीता शर्माको इजलासले चटौतलाई दोषी ठहर गर्दै १८ वर्ष १ महिनाको कैद सजाय हुने फैसला गरेको छ। अधिकारीको इजलासले चटौतलाई जेल सजायका अतिरिक्त पीडितलाई ८ लाख क्षतिपूर्ति भराउन समेत फैसला गरेको छ।

संरक्षणमा रहेकी नाबालिगमाथि बलात्कार गरेको पुष्टि भएकाले चटौतलाई १८ वर्ष कैद सजाय तोकिएको जिल्ला अदालले जनाएको छ।
उक्त मुद्दा कमजोर बनाउन शक्तिकेन्द्रको चलखेल हुदाँ मुद्दाको फैसलामा ढिलाई भइरहेको थियो। बालिकाको परिवारलाई मुद्दा नचलाउन दबाब पनि दिइएको थियो।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ३ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।