५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मच्छिन्द्रनाथको रथ निर्माणको क्रममा भाँचियो, केही युवक घाइते



दाजु प्रेमकृष्णको खुट्टामा चोट लागेको छ । म चाही हिड्न सक्ने हालतमा छु

ललितखबर
२८ चैत्र ।ललितपुरको पुल्चोकमा निर्माणाधिन रातो मच्छिन्द्रनाथको रथ निर्माणको क्रममा काँठ भाँचिदा केही युवकहरु सामान्य घाइते भएका छन् ।

रथ निर्माणमा संलग्न रविन्द्र बाराहीका अनुसार उनी आफू र प्रेमकृष्ण बाराही सामान्य घाइते छन् । उनले भने, दाजु प्रेमकृष्णको खुट्टामा चोट लागेको छ । म चाही हिड्न सक्ने हालतमा छु ।
मच्छिन्द्रनाथको रथ नेवारी समुदायका बाराही थर भएका स्थानीयले काठको काम पुरा गर्ने चलन छ ।

मच्छिन्द्रनाथको रथ विग्रेमा नराम्रो घटना घट्ने धार्मिक विश्वास छ । २०७२ सालको भुकम्पको बेला १२ बर्षे जात्राका क्रममा भैसेपामटीमा रथ विग्रेको थियो । रथ विग्रेमा क्षमा पुजा गरेर सुचारु गर्ने चलन छ ।

उपत्यकाको लामो जात्राको रुपमा परिचित मच्छिन्द्रनाथको जात्रा पुल्चोकबाट रथ तानेर सुरु हुन्छ । पाटनका विभिन्न स्थानमा रथ यात्रा पछि ललितपुरको जावलाखेलमा ल्याएपछि राष्ट्रप्रमुखको उपस्थितीमा भोटो देखाएर समापन गरिन्छ ।

हरेक १२ बर्षमा भने रथ पाटनबाट तालेर बुङमती लगिन्छ । भोटो देखाइन्छ , २०८४ सालमा बाह्र बर्षे जात्रा हुँदैछ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ४ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।