२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


‘ललितपुरमा ६० प्रतिशत व्यावसाय दर्ता नै छैन’



हामी बजार अनुगमनमा गए व्यावसाय बन्द गरेर कारवाही गर्नुपछ । यसरी सबैको व्यावसाय बन्द गर्दै जाने हो भने अवस्था अर्कै आउँछ

 

ललितखबर
१६ बैशाख । ललितपुरमा दर्ता नै नगरि व्यावसाय गर्ने प्रबृत्ति बढेको भन्दै ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यले असन्तुष्टि जनाएकी छिन् ।

जावलाखेलमा शनिबार ललितपुर महानगरले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले महानगरको अनुगमन समितीकी संयोजक उपमेयर मञ्जली शाक्यको नेतृत्वमा बजार अनुगमन नगरेको र बजारमा कालो बजारी बढेको गुनासो गरेपछि शाक्यले विगतमा भएको अनुगमनका क्रममा ६० प्रतिशत हाराहारी बीना दर्ता व्यावसाय सञ्चालन गरेको पाइएको बताइन् ।

उनले भनिन्, ‘हामी बजार अनुगमनमा गए व्यावसाय बन्द गरेर कारवाही गर्नुपछ । यसरी सबैको व्यावसाय बन्द गर्दै जाने हो भने अवस्था अर्कै आउँछ । त्यसैले हामीले बजार अनुगमन गरेका छैनौं ।’
महानगरले व्यावसाय दर्ता अभियान सुरु गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो ।

सहभागीले दशैंमा मात्रै बजार अनुगमन गर्नु पर्ने हो ? भन्दै प्रश्न गरेका थिए । सहभागीको दशैंमा मात्र बजार अनुगमन किन भएको भन्ने जिज्ञाशा थियो । उपमेयर शाक्यले दशैंमा मात्रै बजार अनुगमनको औचित्यबारे केही बोलिनन् ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  २ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।