४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कर्मनासा खोला सफाई गर्न लिटिल एन्जल्सको पर्खालका कारण अवरोध



ललितखबर
२३ बैशाख । शनिबार कर्मनासा खोला सफाईको क्रममा अभियन्ता कर्मचारी, प्रहरीलगायतको लर्को हात्तिबन क्षेत्रबाट खोलामा पस्यो । सफाईकर्मी खोला सफा गर्दै अघि बढे । तर एक सय मिटर अगाडि पुगेपछि खोला किनारमा लिटल एन्जल्सले लगाएको पर्खालका कारण अघि बढ्न सकेन ।
सफाईमा आएका अभियन्तालगायतले लिटल एन्जल्सका सुरक्षाकर्मीहरुलाई ढोका खोलिदिएर नदि सफ ागर्न दिन अनुरोध गरे । तर उनीहरुले माथिको आदेश भन्दै ढोका खोलेनन् । विद्यालयको कर्मचारीले फोन गरेर केही समयपछि ढोका त खोलि दिए तर नदि किनारमा चारै तिर पर्खाल लगाएकाले करिव दुई सय जनाको टोली नदि सफाई नगरि फर्किए ।

पर्खालका कारण बाटो नभएपछि सरसफाई गर्न पुगेका सफाई अभियन्ताहरु फर्कदै । ललितखबर

नदि सरसफाईमा ललितपुर महानगर १५ का वडाध्यक्ष सुरेस शाही, महालक्ष्मी नगर ४ वडाध्यक्ष अमृत खत्री र महालक्ष्मी १ का वडाध्यक्ष छिरिङ लामा समेत सहभागी भए पनि निरिह बनेर फर्किएका थिए ।
गोदावरी बहाव क्षेत्रमा नदि सरसफाई अभियानकी अभियन्ता बेबी राजभण्डारीले कर्मनासा खोला किनारमा पर्खाल लगाइएको कारण नदि सरसफाई गर्न नसकिएको बताइन् ।
उनले भनिन्, ‘खोलै खोला गएर सफा गर्न सक्ने भए पनि फोहोर बोकेर सडकसम्म ल्याउन समस्या हुने देखेर सरसफाई हुन सकेन ।’
डिभिजन वन कार्यालयमा प्रमुख रामकुमार भण्डारीले जनशक्ति भएर पनि यो हप्ता राम्रो सँग नदि सफ ागर्न नसकिएको बताए । उनले भने, ‘स्कूलले पर्खाल नलगाएको अवस्था भए धेरै काम हुन्त्यो ।’
ललितपुर महानगर वडा नं. १५ का वडाध्यक्ष सुरेस शाहीले लिटल एन्जल्सका अध्यक्ष उमेश श्रेष्ठले पटक पटक आफूलाई नदि किनारमा चिनो लगाएर कर्मनासा करिडोर बनाउन आग्रह गरेको बताए । उनले भने, तर सरकारी कार्यालयहरुले किन चिनो लगाएनन् मैले बुझेन सकेको छैन ।
महालक्ष्मी नगरपालिकाका वडाध्यक्ष अकृत खत्रीले भने लिटल एन्जल्सले करिडोर बनाउन जग्गा छोड्नुको साटो शक्तिकेन्द्रको बलमा रोकेको बताए । उनले भने, मेरो फोन उठ्दैन । हाम्रो कुरै सुन्दैनन् । त्यसैले नख्खु करिडोर निर्माण रोकिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ६ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।