१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


विशेष सम्पादकीय : बडिखेल शिक्षक अञ्जनकुमारलाई कानून अनुसार कडा कारवाही गर



अपराधलाई ढाकछोप गर्न पछिल्लो समय राजनीति र जतिय रंग दिने र विभिन्न आरोप प्रत्यारोप चल्न सुरु भएको छ । यो सभ्य समाजका लागि झन् अत्यासलाग्दो छ

गतशुक्रबार बडिखेलस्थित श्री पथ प्रर्दशक माध्यामिक विद्यालयका कक्षा ७ मा पढ्ने विद्यार्थीमाथि ढोका थुनेर कुट्ने शिक्षक अञ्जनकुमार आचार्य अहिले स्वतन्त्र रुपमा डुलिरहेका छन् ।
उनका पक्षमा वकालत गर्नेहरुको जोडबलका कारण पछिल्लो समय उनीमाथि प्रहरी कार्यालयमा उजुरी दर्ता भएन । उनीमाथि स्थानीयहरुको आक्रमण र दंगा भड्कने भन्दै प्रहरीले सुरक्षा त दियो तर सोझा सिधा पहरीहरुका छोराछोरीहरुले न्याय पाउन सकेनन । अपराधलाई स्थानीय ठूलाठालुको करबलमा ढाकछोप गरियो ।
शिक्षकको सुरक्षाका लागि प्रहरीले आफ्नो कार्यालयमा राखेर सम्झौता गर्न ठाँउ त उपलव्ध गरायो तर पिडित विद्यार्थी र अभिभावकहरुको आत्मसम्मानको कुनै कदर नगरी आँखै अगाडि सम्झौता भएको देख्दा देख्दै अपराधि उम्काउन सहयोग गरेको छ । यो समाजका लागि डरलाग्दो घटना हो । भोलि हुने अरु अपराधिक जघन्य अपराधिक घटनामा प्रहरीले सौदाबाजी गर्न सघाउने त्रास बढेको छ ।
शिक्षक अञ्जनकुमारलाई कारवाही नहुँदा पिडितहरुको आत्मसम्मानमा चोट पुगेको छ । समाजको शिक्षित र उच्च तहका वर्ग शिक्षकले जे गर्दा पनि कारवाही भोग्नु नपर्ने स्थापित हुने भय छ । समाजले अन्याय र अत्याचारको प्रतिवाद गर्नुपर्छ । अपराध गर्नेले सजाय पाउनुपर्छ भन्दै सिकाउने शिक्षकलाई नै उन्मुक्ति दिने प्रपञ्ज भएको छ । जुन सभ्य समाजका लागि कुनै पनि दृष्टिकोणबाट जायज होइन ।
डेढ दर्जन विद्यार्थीलाई नियतबश ढोका थुनेर लठ्ठी भाचिदा समेत निरन्तर निर्दयी भएर आक्रमण गर्ने शिक्षक अञ्जनकुमार सजायका भागिदार छन् । उनको यो कुकृत्य समाजले सधै टुलुटुलु हेर्नु हुदैन । उनले ‘मैले तिम्रा वावु आमालाई पनि कुटेरै पढाएको हो । तिम्रा छोरा छोरी पनि कुट्छु’ भन्दै विद्यालयमा भएको छलफलमा भन्नुले उनीसँग रहेको अपराधिक मानसिकता रहेको उजागर गरेको छ । प्रहरी कार्यालयमा उनले गरेको तर्क ‘आफूले गरेको अपराधको भुक्तनी विद्यालयले तिर्नुपर्छ’ भन्नुले अञ्जनकुमार अपारध गरेको आत्मानुभूति गरेको देखिदैन । यो झन् डरलाग्दो छ ।

अपराधलाई स्थानीय ठूलाठालुको करबलमा ढाकछोप गरियो

अपराधलाई ढाकछोप गर्न पछिल्लो समय राजनीति र जतिय रंग दिने र विभिन्न आरोप प्रत्यारोप चल्न सुरु भएको छ । यो सभ्य समाजका लागि झन् अत्यासलाग्दो छ । यस्तै घटना अर्को घट्न समाजले नै उस्काइरहेको भान हुन्छ ।
अपराधको कुनै जात,धर्म,रंग हुँदैन । अपराध केवल अपराध हो । अपराधलाई अपराधकै रुपमा हेरेर सजाय दिनुपर्छ । अनि मात्र अपराध गर्नेहरुको मनबल गिर्छ र अपराध गर्नेहरु तल पर्छन् । पिडितहरुले न्यान पाएको महसुस हुन्छ ।
विद्यालय व्यवस्थापन समितीले कारवाहीका लागि गोदावरी नगरपालिकाको शिक्षा शाखामा सिफारिस गरेको छ । यो सिफारिसमा राजनीतिकरण भई उनलाई उन्मुक्ति दिने प्रयास हुन सक्छ । उनलाई कानून अनुसार हदैसम्मको कारवाही गराउन हाम्रो समाज चनाखो हुनु पर्छ । नत्र समाजमा अपराधिक मानसिकता बढेर हाम्रा छोराछोरीले पनि यस्तै दुर्दशा भोग्नु पर्छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ३ : २० बजे