२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयन हुने



 

१५ जेठ । सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयनमा ल्याउने भएको छ ।

विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथलाई धार्मिक, सांस्कृतिकस्थललाई समेटेर धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷२०८१ को बजेट वक्तव्यमा उल्लेख छ ।

सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन गरी पर्यटन प्रवर्द्धन गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । एक सय वर्षभन्दा पुराना गुम्बाको संरक्षण गरिनुका साथै भूकम्पले भत्किएका नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, धादिङलगायत जिल्लाका गुम्बा पुनःनिर्माण गरिने भएको छ । गुठी जग्गा संरक्षणका लागि एकीकृत अभिलेख तयार गरिने भएको छ ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  १ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।