२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


त्रिभुवन विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित युवक पक्राउ



१९ जेठ । अवैध तरिकाले डलर लिएर भारत जान लागेका एक युवक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार ७ सय अमेरिकी डलर लिएर जाँदै गर्दा उनी पक्राउ परेका हुन्। पक्राउ पर्ने जनकपुर उप महानगरपालिका-१ शिवपथका ४६ वर्षीय सन्तोष कुमार चौधरी हुन्।

नेपाल एयरलाइन्सको उडानबाट बैङ्गलोर जान लागेका चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याडण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा पक्रेको हो। डलर लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीको दावी छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ११ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।