२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मूर्ति चोरी गरी फरार ललितपुरका डंगोल भक्तपुरबाट पक्राउ



२१ जेठ । पुरातात्विक मूर्ति चोरी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर साविक खोकना गाविस वडा-४ परिवर्तित ललितपुर महानगरपालिका-२० बस्‍ने ६९ वर्षीय तीर्थ डंगोल रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले भक्तपुर सूर्यविनायक आदर्शचोकबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि ललितपुर जिल्ला अदालत, लगनखेल, ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए। जिल्ला अदालत ललितपुरले २०७४ वैशाख २५ गतेको फैसलाले उनलाई २ वर्ष कैद सजाय सुनाएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ४ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।