२३ जेठ । अवैध भिओआइपी सञ्चालनमा संलग्न रहेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले मंगलबार ललितपुरबाट दुईजनालाई पक्राउ गरेको हो।
ललितपुरमा बैकुण्ठराज बुढाथोकीको घरमा कोठा भाडामा लिएर बसेका ४० वर्षका चिनियाँ नागरिक यस घटनाका मुख्य अभियुक्त भएको देखिएको छ।
प्रहरीले गणेश श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीले उनको कोठाबाट ४ लाख ८३ हजार नेपाली रुपैयाँ सहित केही विदेशी नोट समेत बरामद गरेको छ।
त्यस्तै, प्रहरीले २ हजार ४०३ वटा नेपाल टेलिकमको सिम र १ हजार ३०० वटा एनसेलको सिमकार्ड समेत बरामद गरेको छ। दुरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ अनुसार कुनै व्यक्तिले बद्नियतसाथ दुरसञ्चार लाइन, दुरसञ्चार प्रणाली वा यससँग सम्बन्धित अन्य संरचना वा उपकरणमा प्रतिकूल असर पर्ने गरी कुनै काम गरेमा, बिगारेमा वा कुनै किसिमले हानी नोक्सानी पुर्याएमा वा त्यस्तो कामको लागि दुरुत्साहन दिएमा वा त्यस्तो काम गर्न उद्योग गरेमा अपराध गरेको ठहर्छ।








प्रतिक्रिया