५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरस्थित मेडिसिटीका तीन कर्मचारी अढाई करोड ठगीको आरोपमा पक्राउ



२४ जेठ । अस्पतालको लाखौं रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ललितपुर महानगरपालिका १८ स्थित नेपाल मेडिसिटी अस्पताल बिलिङ सेक्सनमा काम गर्ने कर्मचारीलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा दोलखा भिमेश्वर-४ का ३४ वर्षीय राघव सापकोटा, ललितपुर गोदावरी-११ चापागाउँ बस्ने २९ वर्षीय सनम देशार र काठमाडौं बालुवाटार बस्ने ३४ वर्षीय आशिष अर्याल छन्।

उनीहरुले अस्पतालमा प्रयोग हुँदै आएको शुक्र नामको सफ्टवेयरको दुरुपयोग गरी बिरामीहरुबाट बेड, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतमा लिएको शुल्क भन्दा कम सिस्टममा चढाएर ठगी गरेको अनुसन्धानमा खुलेको हो।

अस्पतालले ठगीको जानकारी प्रहरीलाई गराएपछि अनुसन्धान थालेको थियो। उनीहरुले २ करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरेको खुलेको छ।

अपराधिक लाभ तथा अपराधिक विश्वासघात सम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ७ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।