२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अनामनगरको सार्वजनिक जग्गामा चल्यो डोजर



२९ जेठ । अनामनगरकाे सार्वजनिक जग्गामा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि स्थानीयले विरोध गरेका छन्। सोमबार अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयबीच विवाद सिर्जना भएको हो।
एकपक्ष स्थानीयहरु वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीय सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन्। स्थानीयहरुबीच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त छ।

काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाको २९ नम्बर वडाको वडा कार्यालय बनाउन भत्काउन थालेको छ। अहिले महानगरपाकिलाले स्थानीयको विरोधका बीच डोजर चलाइरहेको छ। स्थानीयहरुले भने काठमाडौं महानगरपालिकाको विरोध गरिरहेका छन्।
महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी आवश्यक ठाउँमा वडा कार्यालय बनाउन पाउने तर विपद्को बेलामा उपयोग हुने जग्गा मिचेर वडा कार्यालय बनाउन नहुने उनीहरुको तर्क छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।