२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंका मेयर बालेनले सञ्चार मन्त्रालयलाई पत्र लेख्दै भने, ‘नत्र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार’



 

१ असार । काठमाडौँ महानगरपालिकाले भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश हटाउने सम्बन्धमा पहल गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको छ ।

महानगर प्रमुख बालेन्द्र शाहले उक्त चलचित्र यथावत प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने पत्रमा उल्लेख गरेका छन् ।

मेयर बालेनले नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको जिम्मेवारी गर्ने सङ्रक्षण तोकेको उल्लेख गर्दै सरकारले भारतसँग कूटनीतिक पहलमार्फत आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउनसमेत आग्रह गरेका छन् ।
महानगरभित्र प्रदर्शनमा निषेध गरिए पनि देशकै अन्य क्षेत्र र विदेशमा प्रदर्शन भएमा त्यसले भ्रामक तथ्य स्थापित गर्ने उनको ठहर छ ।

बिहीबार साँझ मात्र महानगर प्रमुख शाहले समाजिक सञ्जालमार्फत विवादित अंश सच्याउन तीन दिनको समय दिएको र नसच्चिए महानगरभित्र भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने घोषणा गर्नुभएको थियो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ६ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।