२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अभद्र व्यवहार गर्ने काठमाडौं महानगरका १२ जना नगर प्रहरी कारबाहीमा



८ असार । सर्वसाधारणप्रति अभद्र तथा अपमानजनक व्यवहार गर्ने काठमाडौं महानगरका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन् । सर्वसाधारणका घरघरमा गएर सामान खोस्ने, फलफूल तरकारीका क्रेटमा बुट बजार्ने, व्यापारीलाई अपराधीजस्तै व्यवहार गरेको भन्दै महानगरले उनीहरूलाई कारबाही गरेको हो ।

फुटपाथ तथा सडकपेटीका व्यापार तथा सामान राखेर अवरोध गरेकाहरूलाई नगर प्रहरीले अपमानजनक व्यवहार गरेकोमा कारबाही गरिएको हो । महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नगर प्रहरीले असहज व्यवहार गरेको भेट्टाएपछि कारबाही भएको बताए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ५ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।