२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कागेश्वरी मनोहरामा स्विमिङ पुलमा डुबेर एक किशोरको मृत्यु



१० असार । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित शुभ श्री व्यांक्विट ब्लु हेमनको स्विमिङ पुलमा डुबेर एक किशोरको मृत्यु भएको छ भने अर्का युवकको अवस्था गम्भीर छ।

मृत्यु हुनेमा कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी का १९ वर्षीय प्रभाश अधिकारी रहेका छन्। उनको शनिबार दिउँसो मृत्यु भएको हो।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल उपचार गराइएको थियो। त्यहाँबाट रेफर गर्दै सिभिल अस्पताल बानेश्वरमा थप उपचारका लागि पठाइएमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

पौडी खेल्दा डुबेका अर्का एक युवकको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। दोलखा घर भइ मुलपानी बस्ने १९ वर्षीय सुरेन्द्र दाहालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई सिभिल अस्पतालबाट अहिले केएमसी अस्पताल सिनामंगल रेफर गरिएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ७ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।