२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठमेलबाट नाबालिका ललितपुर ल्याएर बलात्कार, एलओडी सञ्चालकमाथि पनि अनुसन्धान



२१ असार । ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लब गएकी एक जना नाबालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
३० जेठमा एलओडी क्लब गएकी १६ वर्षीया बालिकालाई ललितपुर लगेर बलात्कार गरेको आरोपमा पोखरा घर भइ ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला पक्राउ गरेको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार अनुसार ३१ जेठमा बिहान बागडोलस्थित कार्यालयमा बलात्कृत भएको भन्दै पीडितले प्रहरी कहाँ किटानी जाहेरी दिएकी छन् ।

जाहेरी परेपछि कोइरालालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो । बयानका क्रममा उनले पीडित उमेर पुगेको युवती भएको दाबी गरेका थिए । ‘उमेर नपुगेको केटीले क्लबमा प्रवेश नै पाउँदैन, त्यसैले ऊ नाबालिग होइन’, कोइरालाको बयान छ ।

उनको यो बयानपछि प्रहरीले एलओडीका सञ्चालकलाई पनि छानबिनको दायरामा ल्याएको छ । नाबालिगलाई एलओडी प्रवेश दिएको विषयलाई लिएर प्रहरीले क्लबका सञ्चालक रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवालमाथि अनुसन्धान थालेको हो ।

उनीहरुविरुद्ध जिल्ला अदालत, ललितपुरबाट पक्राउ पूर्जी लिएर प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ७ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।